प्रेस विज्ञप्ती

नेपाल नागरिक उड्डयन प्राधिकरण

प्रेस विज्ञप्ती

यही २३ सेप्टेम्बर २०१६ का दिन ‘दि हिमालयन टाइम्स’ मा  ‘Jumbo civil aviation team flying to Canada on a ‘fun trip’  शिर्षक दिई अत्यन्त प्रमुखताका साथ छापिएको समाचार प्रति यस प्राधिकरणको गम्भिर ध्यानाकर्षण भएको छ । नेपाल शिकागो महासन्धीको एक हस्ताक्षरकारी मुलुक र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सदस्य राष्ट्र भएको हुँदा यसको नागरिक उड्डयन सम्बन्धी दायित्व रहेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको हरेक तीन बर्षमा आयोजना हुने महासभामा उक्त संगठनका १९१ सदस्य राष्ट्रहरु तथा आवद्ध अन्तर्राष्ट्रिय संघ संस्थाहरुका प्रतिनिधी उपस्थित भई नागरिक उड्डयन सम्बन्धी विविध महत्वपुर्ण विषयहरुमा छलफल हुने र निर्णयका लागि मतदान गर्ने व्यवस्था रहेको हुन्छ ।
नेपालको नागरिक उड्डयन सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता बमोजिम नेपालले पनि उक्त महासभामा आफ्नो उपस्थिती जनाउनुपर्ने हुन्छ । यस्तो हरेक महासभामा श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्रिज्यूको नेतृत्वमा नागरिक उड्डयनका उच्च पदाधिकारी सम्मिलित टोलीले भाग लिंदै आएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको हुन लागेको ३९ औं महासभामा नेपालको तर्फबाट प्रस्तुत गरिने ३ वटा कार्यपत्र र १ वटा जानकारी पत्रका साथै माननीय मन्त्रिज्यूबाट हुने बक्तव्यलाइलाई क्ष्ऋब्इ ले स्विकार गरिसकेको छ । अतः नागरिक उड्डयनसँग सम्बन्धित विषयमा प्राधिकरणका सम्बद्ध पदाधिकारीसँग सत्य तथ्य जानकारी नलिई जनमानसमा भ्रम सृजना हुने गरी समाचार सम्प्रेषण नगरिदिन हुन प्राधिकरण सम्बद्ध पक्षमा हार्दिक आग्रह गर्दछ ।